इच्छाकामना १ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका सन्त बहादुर राना मगर विजयी

इच्छाकामना १ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका सन्त बहादुर राना मगर विजयी

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नं। १ वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर राना मगर विजयी हुनुभएको छ ।

कडा प्रतिस्पर्धा भएको यो वडामा सुरुवात देखि नै नेकपा एमालेका उम्मेद्वार नन्दलाल गिरीले अग्रता लिए पनि अन्तमा १० मत अन्तरले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर राना मगरले बिजय हासिल गर्नुभएको
हो । रानाले६३९ मत प्राप्त गर्दा नेकपा एमालेका नन्दलाल गिरिले ६२९ मत प्राप्त गर्नुभएको छ ।यस अघिको स्थानीय तह निर्वाचनमा पराजित हुनुभएका एमालेका गिरिले जित्नुभएको थियो ।