बेनीघाट रोराङ ३ मा एमालेका भुवन त्रिपाठी २ मतले विजयी

बेनीघाट रोराङ ३ मा एमालेका भुवन त्रिपाठी २ मतले विजयी

धादिङ :  बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका भुवन त्रिपाठी २ मतले विजयी भएका छन् । भुवनले ८ सय ५१ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका ऋषिनाथ त्रिपाठीले ८ सय ४९ मत पाए ।

यसअघि २०७४ को निर्वाचनमा पनि भुवनले ऋषिलाइ नै हराएर वडा अध्यक्षमा चुनिएका थिए । २०७४ मा भुवनले ६ सय ७२ ल्याएका थिए भने ऋषिले ४ सय १८ मत ल्याएका थिए ।