नब निर्वचित जनप्रतिनिधिलाई गाउँपालिका पुर्व अध्यक्ष गुरुङ द्वारा सुभकामना

नब निर्वचित जनप्रतिनिधिलाई गाउँपालिका पुर्व अध्यक्ष गुरुङ द्वारा सुभकामना

कुरिनटार-स्थानिय तहको दोश्रो चुनावपछि इच्छाकामना गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिलाई पुर्व गाउँपालिका अध्यक्ष  तथा अध्यक्षपदमा पराजित उम्मेद्बार गिता कुमारी गुरुङले सुभकामन व्यक्त गर्नुभएको छ।                                                                                                   पहिलो स्थानियतहको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित गुरुङ पाँचबर्षको कार्यकाल पश्चात् पुन: गाउँपालिका अध्यक्ष पदमा कांग्रेस माओबादी र एकीकृत समाजबादिको गठबन्धनको तर्फ बाट उम्मेद्बार बन्नुभएकोमा एमालेका उम्मेद्बार दान बहादुर गुरुङ सङ भारी मत अन्तरले पराजित हुनु भएको थियो।                                                                                               इच्छाकामना गाउँपालिकामा गठबन्धनलाई एमालेले भारीमतले पराजित गरेको हो। वडा एक र वडा सातमा वडा अध्यक्ष बाहेक सम्पुर्ण वडा अध्यक्ष र  गाउँपालिका अध्यक्ष – उपाध्यक्षमा एमाले बिजयी भएका छन। ३७ जना जनप्रतिनिधी मध्य ९ जना गठबन्धनको तर्फ बाट र अन्य सम्पुर्ण एमालेको तर्फ बाट बिजयी भएका छन।