इच्छाकामनाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङद्वारा सपथ ग्रहण

इच्छाकामनाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङद्वारा सपथ  ग्रहण

चितवन :  इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले सपथ ग्रहण गर्नुभएको छ ।

शुक्रबा बिहान जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । उनहाँले देश र जनताको हितमा काम गर्ने सपथ लिनुभएको हो ।
अध्यक्षमा निर्वाचित गुरुङ ५ हजार ७१० मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गीता कुमार गुरुङले ४ हजार २ सय मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचित अध्यक्षलाई निर्वाचन अधिकृतले विजेताको प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो।