चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको मृत्यु

चितवन, ५ जेठ । चितवनमा हावाहुरीले रुख ढल्दा ३ जनाको मृत्यु भएको छ । आज साँझ ७ बजेको समयमा आएको हावाहुरीको कारण रख ढल्दा भरतपुर महानगर ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना २ ह २२४७ नं. को अटोलाई च्याप्दा अटो चालक भरतपुर ११ लामाटोल बस्ने बर्षगाउँपालिका ६ घरभई हाल हाल भरतपुर महानगरपालिका ७ कटहर चोक बस्ने बर्ष २८ कि माया गुरुङ घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो । सोहि अटोमा सवार सोही स्थानमा बस्ने बर्ष २० की अबिता गुरुङ र बर्ष ५० की तुल मांया गुरुङ सामान्य घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको, उहाँले बताउनुभयो ।
साथै सोही हावा हुरीको कारण ढलेको रुखले जिल्ला भरतपुर महानगरपालिका १ बसेनि चोकमा बिशाल चोकबाट बसेनि तर्फ आउँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा उक्त म्याजिकमा सवार भरतपुर महानगरपालिका ११ बस्ने बर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको हो । मृतकको शव भरतपुर सरकारी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।
सोही हावा हुरीको कारण महानगरको विभिन्न स्थानहरुमा रुख तथा बिजुलीको पोल ढलेको , बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
