गण्डकी गापाका अध्यक्ष तिमल्सिनाको पहिलो काम, गाउँपालिका भवनको निर्माणसम्बन्धी टेन्डर खारेज

गण्डकी गापाका अध्यक्ष तिमल्सिनाको पहिलो काम, गाउँपालिका भवनको निर्माणसम्बन्धी टेन्डर खारेज

गोरखा : गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले गाउँपालिका भवन निर्माणसम्बन्धी टेन्डर खारेज गरेका छन् । अध्यक्षको रुपमा पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गर्दै उनले गाउँपालिकाको अघिल्लो नेतृत्वले भवन निर्माणका लागि अघि बढाएको टेण्डर प्रक्रिया खारेज गरेका हुन् ।

पालिकावासीले गाउँपालिकाको केन्द्र अपायक भएको गुनासो गरेपछि तत्काल निर्माण प्रक्रिया रोक्न टेण्डर खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेको तिमल्सिनाले रातोपाटीलाई जानकारी दिए । विगतमा पालिका केन्द्र तोक्ने विषयमा पालिका कार्यपालिकामा सहमति नभएपछि तत्कालीन अध्यक्ष होम बहादुर रानाले एकल निर्णय गर्दै भुम्लीचोकस्थित ओखलडाँडामा अस्थायी केन्द्र कायम गरेर भवन निर्माणका लागि टेन्डर आह्वान गरेका थिए ।