पेट्रोल‚ डिजेल र मट्टीतेलको मूल्यमा १० रूपैयाँ वृद्धि

काठमाडौं ,८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल‚ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढाएको छ। निगमले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसैअनुसार भारतीय आयल नियमले मूल्य बढाएको जनाउँदै निगमले मूल्य बढाएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
