वडाध्यक्ष उप्रेतीले पारिश्रमिक नलिने : विपदमा परेका विपन्न वर्गलाई सहयोग गर्ने

वडाध्यक्ष उप्रेतीले पारिश्रमिक नलिने : विपदमा परेका विपन्न वर्गलाई सहयोग गर्ने

कुरिनटार,९ जेठ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडाध्यक्ष रुद्र उप्रेतीले पदभार ग्रहण गर्नुभएको छ । आज गाउँपालिकाको कार्यालयमा अध्यक्ष दान बहादुर गुरुङबाट सपथ ग्रहण लिए पश्चात वडा कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहणसगैँ वडाध्यक्ष उप्रेतीले आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । उक्त पारिश्रमिकबाट कोष खडा गर्ने भएको हो । पदभार ग्रहण सगैँ आज बसेको वडाको पहिलो बैठकले वडाध्यक्ष उप्रेतीको पारिश्रमिकबाट कोष खडा गरि विपदमा परेको विपन्न परिवारलाई सहयोग गर्ने निर्णय गरिएको हो ।
निवर्तमान कार्यवाहक वडाध्यक्ष बाबुकाजी त्रिपाठी गाउँपालिका प्रशासकिय अधिकृत शालिकराम वश्याल र पुर्वजनप्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।