संसद् बैठक बस्दै,वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

संसद् बैठक बस्दै,वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ :  आज पनि प्रतिनिधिसभा आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसद्हरूले धारणा राखिरहेका छन् ।