दुई ट्रक एकापसमा ठक्कर खादाँ, एक जना घाइते, नारायणगढ –मुग्लिन सडक एकतर्फी सञ्चालन

दुई ट्रक एकापसमा ठक्कर खादाँ, एक जना घाइते, नारायणगढ –मुग्लिन सडक एकतर्फी सञ्चालन

मुग्लिन : नारायणगढ –मुग्लिन सडकमा दुई वटा ट्रक एकापसमा ठक्कर खादाँ एक जना घाइते भएका छन् । नारायणगढ –मुग्लिन सडक अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तिन नम्बर पुलमा मुग्लिनबाट नारायणगढ तर्फ गईरहेको ना६ख ७८०४ नम्बरको डिब्बा ट्रक र बिपरित दिशाबाट आई रहेको लु२ख ५६५४ नम्बरको ट्रक विहान ५ :  ५५ बजे ट्रक एक आपसमा ठक्कर खांदा ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रकको चालक झापाको बुद्धशान्ती ३ बस्ने बर्ष ४० को मनोज धिमाल घाइते भएका हुन् ।

उनको को खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।
दुबै ट्रक घटना स्थलमा नै रहेको कारण बाटो एक तर्फी सुचारु रहेको प्रहरीले जनाएको छ । लु२ख ५६५४ नम्बरको ट्रक चालकलाई प्रहीले नियन्त्रणमा लिएको छ । अहिले क्रेनको साह्यताबाट सडकबाट ट्रकलाई निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।