इच्छाकामनामा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु

इच्छाकामनामा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु

कुरिनटार :  चितवनमा सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानीमा सवारीको ठक्करबाट अन्दाजी ३०÷३५ बर्षको नाम थर र वतन नखुलेको पुरुषको मृत्यु भएको हो ।
हाल सम्म ठक्कर दिने सवारीको नम्बर र किसिम समेत नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विहान ३ : ४५ बजे सवारी साधनले ठक्कर दिई मृत अबस्थामा शब भेटिएको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक र जिल्ला प्रहरी कार्यालय चितवनबाट कार्यालय प्रमुख प्रहरी उपरिक्षक स्वंय सहितको अनुसन्धानको टोली घटनास्थलमा पुगी अनुसन्धान भईरहेको छ । शव भरतपुर अस्पताल पठाईएको र ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।