भारतीय कारको ठक्करबाट चितवनमा युवकको मृत्यु

भारतीय कारको ठक्करबाट चितवनमा युवकको मृत्यु

चितवन :  खैरहनीमा भारतीय कारले ठक्कर दिँदा युवकको मृत्यु भएको छ।कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङको मृत्यु भएको हो।

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

कार चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।