काडै काडाको बिच फुलेको फुल हो बालबालिका- भ.न.पा उपमेयर अधिकारी

काडै काडाको बिच फुलेको फुल हो बालबालिका- भ.न.पा उपमेयर अधिकारी

आशिष अधिकारी
जेठ १९
भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले बालबालिका काडै काडाको बिचमा फुलेको फुल भएको बताउनु भएको छ । दियालो परिवार नारायणगढको ४५ औ स्थापना दिबस तथा जनप्रतिनिधि सम्मान कार्यक्रमको अबसरमा आयोजित कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बालबालिका देशका मेरुदण्ड भएकाले उनिहरुको सरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनु भयो । बालअधिकार सुनिश्चित गर्नु सबैको उत्तिकै दायित्व हो,उप प्रमुख अधिकारीले भन्नू भयो । उहाँले आफू पनि बालबालिकाको क्षेत्रमा काम गर्न अत्यन्तै इच्छुक रहेको समेत बताउनु भयो । उहाँले आगामी नगर परिषदबाट बालबालिकाको क्षेत्रमा कार्यबिधी नै बनाएर लैजाने पनि बताउनु भयो ।
कार्यक्रममा दियालो परिवार नारायणगढका अध्यक्ष सुरेश खनाल,सचिब इश्वर राज पन्डित, पुर्ब अध्यक्ष राजेन्द्र कुमार पिया, पुर्ब अध्यक्ष सुरेश कुमार अधिकारी, वडा नम्बर १ का अध्यक्ष केशव मर्हर्जन, इच्छाकामना गाउपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायतले बोल्नु भएको थियो ।२०३५ सालमा स्थापना भएको दियालो परिवार नारायणगढले बाल हेल्पलाइन दस नौ आठ, सडक बालबालिका, श्रमिक बालबालिका, एच आइ भि एड्सबाट सक्रमित भएका बालबालिका, जोखिममा परेका बालबालिका, आर्थिक अवस्था कमजोर भएका बालबालिका, द्वन्द पीडित बालबालिका लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ । कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाइ स्कुल झोला र स्टेसनरी सामाग्री पनि वितरण गरिएको थियोे ।