चितवनका सात स्थानीय तहलाई चार अर्ब ७२ करोड २१ लाख बजेट,इच्छाकामना गाउँपालिकालाई ३८ करोड विनियोजन

चितवनका सात स्थानीय तहलाई चार अर्ब ७२ करोड २१ लाख बजेट,इच्छाकामना गाउँपालिकालाई ३८ करोड विनियोजन

चितवन : संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि चितवनका सात स्थानीय तहलाई जम्मा चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमार्फत एक अर्ब ५० करोड तीन लाख, सशर्त अनुदानमार्फत दुई अर्ब ९५ करोड ३० लाख, विशेष अनुदान मार्फत १८ करोड २८ लाख र समपुरक अनुदानमार्फत आठ करोड ६० लाख विनियिजन गरेको छ ।

कुन पालिकाले कति पाए ?

सरकारबाट चितवनको भरतपुर महानगरपालिकाले एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट प्राप्त गरेको छ । आगामी आर्थिक वर्षका लागि महानगरले उक्त आकारको बजेट पाएको हो ।

भरतपुरले चालु आर्थिक वर्ष ०७८/७९ को भन्दा आगामी आवका लागि १५ करोड ९६ लाख रुपैयाँ बढी अनुदान बजेट पाएको हो । चालु आर्थिक वर्षमा भरतपुरके एक अर्ब ६४ करोड २८ लाख रुपैयाँ बजेट पाएको थियो ।

भरतपुरले समानीकरण अनुदानमा ५१ करोड ५९ लाख पाएको छ । यस्तै सशर्तमा एक अर्व २२ करोड ४५ लाख, विशेष अनुदानमा दुई करोड ५० लाख र तीन करोड ६० लाख करोड ८ लाख रुपैयाँ पाएको छ ।

चितवनको रत्ननगर नगरपालिकाले ५९ करोड ७२ लाख अनुदान बजेट प्राप्त गरेको छ । रत्ननगरले समानीकरण अनुदानमा २० करोड ९६ लाख, सशर्तमा ३३ करोड ७६ लाख र बिशेषमा पाँच करोड पाएको छ ।

यस्तै कालिका नगरपालिकाले ४० करोड ९८ लाख अनुदान बजेट पाएको छ । जसमा समानीकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख, बिशेष अनुदान एक करोड र समपुरक अनुदान एक करोड रहेको छ ।

खैरहनी नगरपालिकाले ४८ करोड ८ लाख बजेट प्राप्त गरेको छ । जसमा समानीकरण अनुदान १८ करोड १८ लाख, सशर्त अनुदान २५ करोड १२ लाख, बिशेष अनुदान तीन करोड ५८ लाख र समपुरक अनुदान एक करोड २० लाख रहेको छ ।

माडी नगरपालिकाको लागि ४९ करोड ६० लाख बजेट विनियोजन भएको छ । जसमा समानीकरण अनुदान १३ करोड ९२ लाख, सशर्त अनुदान ३१ करोड ९८ लाख, बिशेष अनुदान दुई करोड ५० लाख र समपुरक अनुदान एक करोड २० लाख रहेको छ ।

राप्ती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ५९ लाख बजेट प्राप्त गरेको छ । राप्तीले समानीकरण अनुदान १८ करोड ५३ लाख, सशर्त अनुदान ३४ करोड २६ लाख, बिशेष अनुदान दुई करोड र समपुरक अनुदान ८० लाख पाएको छ ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका लागि ३८ करोड बजेट विनियोजन भएको छ । जसमा समानीकरण अनुदान ११ करोड १९ लाख, सशर्त अनुदान २४ करोड ३१ लाख, बिशेष अनुदान एक करोड ७० लाख र समपुरक अनुदान ८० लाख रहेको छ ।