आबुखैरेनीबाट चोरी भएको स्कुटर सहित इच्छाकामनाका २ जना पक्राउ।

आबुखैरेनीबाट चोरी भएको स्कुटर सहित इच्छाकामनाका २ जना पक्राउ।

कुरिनटार- तनहुँको आंबुखैरेनी बाट चोरी भएको स्कुटर सहित चितवनको इच्छाकामनाबाट २ जना प्रहरी नियन्त्रणमा परेका छन।                                                                                                                  गत जेष्ठ ११ गतेराती तनहुँको आबुखैरेनी गाउँपालिका बाट चोरी भएको स्कुटर इच्छाकामना गाउँपालिका ३ फिश्लिङ बजारमा लुकाइ छिपाइ राखेको स्कुटर सहित मुग्लिङ प्रहरिको सहयोगमा आबुखैरेनी प्रहरीले चितवनको इच्छाकामना स्थायी ठेगाना भएका  गुरुङ थरका एकजनालाई नियन्त्रणमा लिगेको र अर्को एक जनालाइ सम्पर्कमा राखेको  आबुखैरेनी प्रहरी चौकिका प्रहरी निरीक्षकले जानकारी दिएका छन। अनुसन्धान भै रहेकोले नाम सार्वजनिक नगरिए पनि बाइक चोरिको च्यानल नजिक पुगेको प्रहरिले जनाएको छ।