रात्री बस दुर्घटना हुदाँ ९ जनाको मृत्यु,२३ जना घाइते

रात्री बस दुर्घटना हुदाँ ९ जनाको मृत्यु,२३ जना घाइते

रुपन्देही,२२ जेठ । जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

आइतबार बिहान पौने ५ बजे भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलामा लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार बस रोहिणी खोलाको पुल भत्काएर खोलामा खसेको छ। दुर्घटनामा परेको बसलाई जेसीभिको सहायतामा पल्टाएर यात्रुको उद्धार गरिएको छ। दुर्घटनामा परि अरु २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।