इच्छाकामनामा सार्वजनिक सुनुवाई कार्यक्रम

इच्छाकामनामा सार्वजनिक सुनुवाई कार्यक्रम

कुरिनटार :  इच्छाकामनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ देखि आर्थिक बर्ष २०७८÷७९ सम्मको बार्षिक प्रगति समिक्षा तथा आर्थिक बर्ष २०७८/७९ को प्रवाह गरिएको सेवा सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले अस्पताल निर्माणमा अलपत्र परेको,फोहोर व्यवस्थापन र सडकमा नाली नहुदाँ बजार फोहोर भई दुर्गन्ध फैलिएको, कृषकहरुको उत्पादनले बजार नपाएको,अपेक्षा भन्दा ज्यादै न्युन मात्रामा आन्तरिक श्रोतबाट आम्दानी हुदाँ योजनाहरु अलपत्र परेको बताएका थिए । कर्मचारीहरुले काममा ढिला सुस्ती गर्दा सेवाग्राहीले सास्ती खेप्न परेको समेत बताएका थिए । साथै सुकुम्बासीका लागि लाल पुर्जा र भुकम्पका कारण अलपत्र परेर अन्यन्त्र आश्रय लिएकाहरको स्थायी बसोबासका लागि अझै टुंगो नलगाएको बारे जिज्ञासा राखेका थिए ।

No description available.

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सालिकराम बस्याल, विषयगत शाखाका प्रमुख, सुरक्षा प्रमुख लगायतले सहभागीहरुबाट आएको प्रश्नको जवाफ दिएका थिए ।
राजनिति दलका प्रतिनिधिहरुले नवर्निाचित जनप्रतिनिधिहरुलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

No description available.
कार्यक्रममा नेकपा एमाले इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवाल, कांग्रेसका नेता विष्णु कुँवर,नेकपा माओवादी केन्द्रका इन्चार्ज प्रताप गुरुङले पनि मन्तव्य राखेका थिए ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामनाको विकास र समृद्धिका लागि सबै पक्षसंग सल्लाह सुझाव लिएर सबैसंग सहकार्य गरेर आफु अघि बढ्ने बताउनुभयो ।
गाउँपालिकाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजकर्ता भने सामुदायिक रेडियो इच्छाकामना एफएम र इच्छाकामना अनलाईन रहेका थिए ।गाउँपालिका उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।