गजुरीबाट चोरी भएको स्कुटर इच्छाकामनाको कुरिनघाटमा फेला।

कुरिनटार – धादिङको गजुरी बाट चोरी भएको स्कुटर इच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा वेवारिसे अवस्थामा फेला परेको छ। राष्ट्रिय वाणिज्य बैंक गजुरी साखा प्रमुख अनिता श्रेष्ठको बा८२प ४६५० नम्बरको होण्डाको स्कुटर गत १२ गते राती राखेको स्थान बाट चोरी गरि cc camera मा नम्बर नखुलेको डबल क्याब बोलेरोमा राखी गजुरी बाट मुग्लिङ तर्फ लगिएको देखिए पनि फेला नपरी रहेको अवस्थामा गए राती करिव ८ बजे इच्छाकामना ३ कुतिनघाट बाट नर्सिङटार जाने बाटोमा चापी अनमै छोडिएको अवस्थामा बिहान सम्म छोडिए पछि स्थानीयले प्रहरी लाई सम्पर्क गरेका थिए। स्कुटर प्रहरिले नियन्त्रणमा लिए पछि चोरी भएको स्कुटर रहेको तथ्य पत्तालागेको हो। स्कुटर अहिले कुरिनटार प्रहरिको नियन्त्रणमा रहेको छ।
