चितवनको इच्छाकामना ६ मा निस्सा वितरण सुरु

जलबिरे : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा दलित, भूमिहिन, सुकुम्बासी,अव्यवस्थित बसोबासिका लागि निवेदन दर्ता निस्सा वितरण सुरु गरिएको छ । आज पहिलो दिन वडा कार्यालय जलबिरेमा २५ जनालाई निस्सा वितरण गरिएको वडाध्यक्ष लक्ष्मण चेपाङले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिका कार्यालय सेवा केन्द्रका प्रमुख हरि देवकोटा लगायतको उपस्थितिमा निस्सा वितरण गरिएको हो ।
गाउँपालिका कार्यालय सेवा केन्द्रका अनुसार इच्छाकामनामा ३ हजार ३८९ भूमिहिन दलित, भूमिहिन सुकुम्वासीले निवेदन दिएका छन् । वडा नम्बर ६ मा भने ३ सय भन्दा बढी रहेको अध्यक्ष लक्ष्मण चेपाङले बताउनुभयो ।
