कार र ट्यांकरसंग ठक्कर खाइ मोटरसाइकल चालकको ज्यान गएपछि अबरुद्ध पृथ्वी राजमार्ग सुचारु

कुरिनटार। आज साझ ६ः४५ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं-४, लेवाटार र रमाइलो डाँडा नजिक पृथ्वी राजमार्गमा कारसँग मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक गोर्खाको शहीद लखन गाउँपालिका वडा नं ४ का २३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमको लागि भरतपुर अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट मुग्लिनतर्फ जादै गरेको प्रदेश ३-०१-०२३ च ५०७४ नं को कारलाई सोही दिशाबाट जादै गरेको बा ७५ प ६११६ नं को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडीपट्टिको साइड लाइटमा ठक्कर खाई विपरीत दिशाबाट आफ्नै लेनमा आउँदै गरेको ना ७ ख १३७१ नं को तेल ट्याङ्करमा तर्फ गै ठक्कर खाँदा मोटरसाइकल चालक चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको पस्चात इलाका प्रहरी कार्यालय मुग्लिन,कुरिनटार र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले अवरुद्ध सडक बेलुकी ९ बजे बजेदेखि खुला गरेको हो । दुर्घटनापश्चात स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रहरीले ठक्कर दिने ट्याङ्कर, ट्याङ्करका चालक, मोटरसाइकल ठक्कर खाएको कार र कारका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ
