अब असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने

अब असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने

 

काठमाडौं : सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि उक्त समयमा सडक खन्न रोक लगाएको हो ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदा लगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले १ असार देखि २०७९ भदौ मसान्त ९तीन महिना०सम्म सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने’, सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार ‘कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने’ भन्दै नियम लागू हुने पाँच दिनअघि नै सो चेतावनी दिइएको हो ।