नारायणगढ– मुग्लिन र मुग्लिन- नौबिसे सडक अवरुद्ध

नारायणगढ– मुग्लिन र मुग्लिन- नौबिसे सडक अवरुद्ध

कुरिनटार :  बर्षासंगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा विहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय चितनले जनएको छ। अहिले बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिनुभयो । यस्तै पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना ४ स्थित नाग्दिखोलामा राती करिब ११ः१५ बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।