अवरुद्ध नारायणगढ– मुग्लिन सडक एकतर्फी सञ्चालन

अवरुद्ध नारायणगढ– मुग्लिन सडक एकतर्फी सञ्चालन

कुरिनटार :  अविरलबर्षासंगै खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । अविरल बर्षासगैँ चितवनको इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा विहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक दुइतर्फी अवरुद्द भएको बनेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनाुसार पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
यस्तै पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना ४ स्थित नाग्दिखोलामा राती करिब ११ः१५ बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।