विश्व हिन्दु युवा संघ भरतपुरको अध्यक्षमा निखिल पराजुली

विश्व हिन्दु युवा संघ भरतपुरको अध्यक्षमा निखिल पराजुली

चितवन – विश्व हिन्दु युवा संघ भरतपुर महानगर समितिको अध्यक्षको जिम्मेवारी निखिल पराजुलीलाई दिईएको छ ।
विश्व हिन्दु संघ चितवनका अध्यक्ष घनश्याम पौडेल (श्याम) हिन्दु युवा संघ भरतपुरको अध्यक्षमा पराजुलीलाई मनोनित गरेका हुन् । संगठन विस्तार र हिन्दु राष्ट्र निर्माण अभियानका लागि पराजुलीलाई हिन्दु युवा संघ भरतपुरको अध्यक्षमा मनोनित गरिएको पौडेलले बताएका छन् । उनले क्षेत्र, लिङ्ग, वर्ग र समुदायलाई समेट्दै भरतपुर महानगर समिति विस्तार गरी हिन्दु राष्ट्र निर्माण अभियानमा जुट्न पनि आग्रह गरेका छन् ।