अवरुद्ध मुग्लिन– नौविसे र नारायणगढ –मुग्लिन सडक सुचारु

अवरुद्ध मुग्लिन– नौविसे र नारायणगढ –मुग्लिन सडक सुचारु

कुरिनटार :  पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुइतर्फी सुचारु भएको छ । अविरल बर्षासगैँ पृथ्वीराजमार्गको नौविसे–मुग्लिन सडक अन्तरगत अन्तरगत चितवनको इच्छाकामना ४ नाग्दीखोलामा गएराती पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेका थिए ।
अहिले १२ बजेदेखि दुइतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । बिहिबार बिहानैदेखि पहिरो
पञ्छाउन सुरु गरेका थिए ।
प्रवक्ता अधिकारीका अनुसार नारायणगढ –मुग्लिन सडक पनि दुइतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएका थिए ।