अनियाल परियारको हत्या गरेको आरोपमा तीन जना पक्राउ

अनियाल परियारको हत्या गरेको आरोपमा तीन जना पक्राउ

चितवन  : चितवनका अनिल परियारको हत्याआरोप लागेका तीन जना पक्राउ परेका छन् । मृतकको आफन्तबाट परेको किटानी जाहेरीको आधारमा प्रहरीले उनिहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेहरुमा भरतपुर महनागरपालिका वडा नं १५ बस्ने अन्दाजी बर्ष ३५ को बिश्व भन्ने हेमन्त बास्तोला , भरतपुर महनागरपालिका वडा नं १२ बस्ने बर्ष २३ को राहुल पारियार
र माडी नगरपालिका घर भई हाल भरतपुर महानगरपालिका वडा नं १५ मा डेरा गरी बस्ने बर्ष २५ को रोहित सिलवाललाई पक्राउ गरेका हुन् । परियार र सिलवाललाई चितवनबाट र पक्राउ गरेका हुन् भने बास्तोलालाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयि चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

गत बैशाख २५ गते साझ ७ :  ३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर स्थित पंचेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा मोटरसाइकलमा आएका व्यक्तिहरूले काने भन्ने अनिल परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । अनुसन्धान भइरहेकोमा मृतकको आफन्तबाट परेको किटानी जाहेरी दरखास्त पश्चात चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई जेठ २४ गते पक्राउ गरिएको र निजहरु उपर सम्मानित चितवन जिल्ला अदालतबाट पक्राउ मितिबाट लागू हुने गरी प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रवक्ता अधिकरालिे बताउनुभयो ।
साथै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजि कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।