पृथ्वीराजमार्गको आँबुखैरनी ४ ड्यामनजिकै सडक भासिदाँ यातायात अवरुद्ध

पृथ्वीराजमार्गको आँबुखैरनी ४ ड्यामनजिकै सडक भासिदाँ यातायात अवरुद्ध

आँबुखैरेनी :  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।