मौवाखोला नजिकै नेपाल भारत मैत्री बसको ठक्करबाट सहचालकको मृत्यु

मौवाखोला नजिकै नेपाल भारत मैत्री बसको ठक्करबाट सहचालकको मृत्यु

कुरिनटार :  बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोला नजिकै काठमाण्डौबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले शुक्रबार विहान ४ बजे सोही बसका सहचालक सुनसरीको झुम्का बस्ने बर्ष २३ को जनक दाहाललाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यू भएको हो ।
शवलाई पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । बस र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहको प्रवक्ता अधिकारीले बताउनुभयो ।
घटना बारे थप अनुुुसन्धान भइरहेको प्रहरीले जानकारी जनाएको छ ।