पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध

मुग्लिन :  पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तोपे खोलामा आज विहान ८ः४५ बजे सुख्खा पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधबार राति खसेको पहिरोले अवरुद्ध यस सडक खण्ड बिहिबार दिउँसोबाट संचालनमा आएको थियो ।