पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक सुचारु

पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक सुचारु

कुरिनटार :  बर्षासगैँ पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडक खण्ड सुचारु भएको छ ।
गएराती ९ :  ५ बजे चितवनको इच्छाकामना ६ तोपे खोलामा माथीबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेका थिए ।
पहिरो पञ्छाई १ : ३० बजेबाट सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।