नारायणगढ –मुग्लिन सडक दुइतर्फी सुचारु

नारायणगढ –मुग्लिन सडक दुइतर्फी सुचारु

कुरिनटार  :  पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक सुचारु भएको छ । बर्षासगैँ गएराती १२ :  ४५ बजे चितवनको इच्छाकामना ६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए ।
अहिले बिहान पहिरो पञ्छाई दुइतर्फी सवारी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।