सर्वशान्ति माविको स्वास्थ्य इकाइद्धारा स्वास्थ्य जाँच तथा पोषण प्रदर्शनी र सचेतना कार्यक्रम

सर्वशान्ति माविको स्वास्थ्य इकाइद्धारा स्वास्थ्य जाँच तथा पोषण प्रदर्शनी र सचेतना कार्यक्रम

कुरिनटार : सर्वशान्ति मावि इच्छाकामना ४ कुरिनटारको विद्यालय स्वास्थ्य इकाइले सामुदायमा स्वास्थ्य जाँच तथा पोषण प्रदर्शनी तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । एक विद्यालय एक नर्स कार्यक्रम अन्तरगत सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु पनि विद्यालयले सञ्चालन गर्नुपर्ने नितिगत व्यवस्था अनुसार आज यस विद्यालयको सेवा क्षेत्रभित्र पर्ने कुरिनटारको खैरेनीटार इलाकामा सामुदायमा स्वास्थ्य जाँच तथा पोषण प्रदर्शनी र सचेतना कार्यक्रम गरिएको शिक्षक सुजन सापकोटाले जानकारी दिनुभयो ।

No description available.

कार्यक्रमलाई व्यवस्थित गर्न लागि र खाद्य सामाग्रीहरुको सही प्रयोग र उचित आहार विहार अपनाउनका लागि विद्यार्थीहरुले उपस्थित भएका सेगवा ग्राहीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा उक्त टोलका धेरै अभिभावकहरुले सकरात्मक प्रतिक्रिय दिएको शिक्षक सापकोटाले बताउनुभयो । यस अघि मुटु लगायत विभिन्न स्वास्थ्य समस्या भएर पनि थाहा नपाएको तथा आफ्नो रक्तसमुह समेत जानकारी नभएकोमा यस कार्यक्रमबाट थाहा पाएको भन्दै स्थानियहरुले विद्यालयलाई धन्यावाद दिएका थिए ।यसैबिच सेवाग्राहीहरुको निशुल्क मधुमेह,उक्तरक्तचाप परिक्षण तथा उपचारका साथै रक्त समूह पहिचान गरेका थिए ।

No description available.

विद्यालय व्यवस्थापन समितिका सदस्य इश्वरीराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक केशवराज दाहाल, शिक्षक राजेन्द्र शिंखडा र सुजन सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

No description available.

No description available.