मुग्लिन–आँबुखैरेनी सडकको पुलबाट टिपर खस्दा चालकको मृत्यु

मुग्लिन–आँबुखैरेनी सडकको पुलबाट टिपर खस्दा चालकको मृत्यु

मुग्लिन :  पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन– आँबुखैरेनी सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। तनहुँको आदुँखैरेनी गाउँपालिका ४ स्थित मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै रुवाखोलाको पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो।

चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । । मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान करिब साढे ४ बजे पुलबाट खसेर खोलामा पुगेको थियो।

टिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज ल्याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।