गोरखाको भूम्लिचोकमा खोलाले बगाउँदा एक युवक बेपत्ता

गोरखा : भूम्लिचोकमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बुधबार परेको अबिरल बर्षा पछि गण्डकी गाउँपालिका ६ को भूम्लिचोकमा रहेको प्यराङ खोलामा आएको बाढीले बगाउदाँ स्थानिय सोम बहादुर मगरका छोरा २१ बर्षिय बिशेष मगर बेपत्ता भएका हुन् ।
बाढी बगाए लगत्तै स्थानियले हिजैदेखी उनको खोजी कार्य गरेको भएता पनि आजसम्म पनि फेला नपरेको गण्डकी गाउँपालिका अध्यक्ष साकार तिमिल्सीनाले जानकारी दिनुभयो ।
