मनकामनाको फुलवारी रिसोर्टमा कुक मृत फेला

मनकामना ,३ असार । गोरखाको मनकामना स्थित एक होटलमा काम गर्ने कुक मृत भेटिएका छन् । शहीदलखन गाउँपालिका ३ स्थित मनकामनाको फुलवारी रिसोर्टमा काम गर्दै आएका काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका ५ घर भएका २१ वर्षिय रामहरी गौतम मृत भेटिएका हुन् ।
बिहिवार राती खाना खाएर सुतेका उनी बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गोरखा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।
