पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन

कुरिनटार :  पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ। बर्षासगैँ चितवनको इच्छाकामा ४ स्थित घोप्टेभिर र ठाडे खोलामा गएराती ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अबरुद्व बनेका थिए । पहिरो हटाएर २ः३० बजे देखि यातायात दुइतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
संघिय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन र कुरिनटारको बिचमा पर्ने घोप्टेभिरमा बर्षासगैँ पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ ।