ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

 

चितवन   :   ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शनिबार) बिहान ४ः५५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ९ गणेश चोक नजिकै टाडीँबाट भरतपुरतर्फ जादैँ गरेको ना ४ ख २७४८ न.को ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका १० का ३७ बर्षिय उमेश दराइको मृत्य भएको हो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका दराईको भरतपुर अस्पतालमाउपचारको क्रममा बिहान ५ः४० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकरीले जानकारी दिनुभयो ।
दराइलाई ठक्कर दिने ट्रक फरार रहेको थियो । सोही दुर्घटनाको बिषयलाई लिएर स्थानियले ट्रकलाई नियन्त्रणमा नलिए सम्म बाटो अबरोध समेत गरेका थिए । ट्रक चालक मकवानपुर हेटौडा उप– महानगरपलिका वडा नम्बर १४ का बर्ष ४५ को धावा थोकरलाई ट्रक सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको प्रवक्ता अधिकारी बताउनुभयो । उहाँका अनुसार ट्रक चालक सहित नियन्त्रणमा लिएपछि अहिले सडक अवरोध हटाई दुइर्फी सुचारु भएका छ ।