शहिद लखन ७ मा ग्यास लिक भएर आगलागी हुँदा वृद्धाको मृत्यु

गोरखा : गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। गएराती शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार ६९ वर्षकी केशरीमाया वस्तीको घटना राति ११ देखि १२ बजेको बीचमा भएको आशंका छ।
प्रहरी उपरीक्षक खनालले दिएको जानकारी अनुसार ग्यास लिक भएर आगलागी भएर मृत्यु भएको जस्तो देखिन्छ र उनको शरीरको ३ प्रतिशतमात्रै बाँकी छ। त्यस्तै घरमा पनि पूर्ण रूपमा क्षति भएको छ।
हाल प्रहरीले घटनास्थलबाट वृद्धा महिलाको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल गोरखा पठाएको छ।
