पूर्व सञ्चारकर्मी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घण्टी

पूर्व सञ्चारकर्मी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घण्टी

काठमाडौं :  रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनितिक यात्रा शुरु गरेका छन्।

पूर्वसञ्चारकर्मी लामिछानेले मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।

आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छुु, उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह प्रस्ताव गरिएको छ । लामिछानले घण्टी बजाएर चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको बताए ।