राजश्व संकलनको जिम्मा टोल बिकास संस्थालाई दिनुपर्छ : उपप्रमुख अधिकारी

राजश्व संकलनको जिम्मा टोल बिकास संस्थालाई दिनुपर्छ : उपप्रमुख अधिकारी

 

आशिष अधिकारी

चितवन :  भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई समृद्ध महानगर बनाउनको लागि राजश्व संकलनको जिम्मा टोल बिकास संस्थाहरुलाइ दिनुपर्ने बताउनु भएको छ । उप प्रमुख अधिकारीले महानगर भित्रका हरेक टोल टोलमा राजश्व संकलनको बारेमा अभियान नै चलाउनुपर्ने पनि बताउनु भयो । चितवन उद्योग संघले मगलबार भरतपुर महानगरपालिकाको सभा हलमा आयोजना गरेको प्रमुख तथा उप प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले हामीले महानगरको बिकास र समृद्धि चाहेकोले करको दायरालाइ फराकिलो बनाउदै लैजान टोलहरुकै सहयोग चाहिने बताउनु भयो । कार्यक्रममा संघले भरतपुर महानगरपालिकाको समृद्ध बिकासको लागि केही नितिगत सुझावहरु समेत दिएको छ । संघले औद्योगिक ग्राम स्थापना र नेपालकै पहिलो औधोगिक पाठशालालाइ सहयोग गर्नुपर्ने,सडकमा भएका बिजुलीका तार र टेलिफोनका तारहरुलाइ सरक्षण गर्न महानगरको ध्यानाकर्षण गराएको छ । त्यस्तै हाटबजारमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुपर्ने, महानगरको वेभ पोट्रलमा स्थानीय उत्पादनको बारेमा तथ्यांक राख्ने बाताबरण मिलाउन, महानगर क्षेत्र भित्र टेक्को पार्क निर्माण लगायतमा महानगरले सहयोग गर्न सघले आग्रह गरेको छ । कार्यक्रममा महानगर शैक्षिक माहाशाखाका प्रमुख महेन्द्र पौडेल,भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, १२ का अध्यक्ष लेखराज पन्त,१५ का अध्यक्ष श्रीकृष्ण देबकोटा र २६ का अध्यक्ष ज्ञान प्रसाद खनाल लगायतको सहभागिता रहेको थियोे ।