गोरखा र कास्की केन्द्र भएर दुई पटक भूकम्पको धक्का

गोरखा र कास्की केन्द्र भएर दुई पटक भूकम्पको धक्का

 

गोरखा :  गोरखा र कास्की केन्द्रबिन्दु भएर आज विहान दुई पटक भूकम्प गएको छ।
विहान ७ बजेर २२ मिनेटमा गोर्खाको आरुघाट
गाउँपालिकास्थित थुमी आसपास केन्द्र भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसैबिच गण्डकी प्रदेशको राजधानी पोखरालगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको हो। बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन्।