आज देशभर वर्षाको सम्भावना

आज देशभर वर्षाको सम्भावना

काठमाडौं  :  मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। देशका अन्य भू–भागहरूमा भने आंशिकदेखि सामान्य बदलीको अवस्था छ।

महाशाखाले दिउँसो प्रदेश १ का एक्दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ। मधेश, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज केही नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।