नारायणगढ– मुग्लिन सडक एकतर्फी

नारायणगढ– मुग्लिन सडक एकतर्फी

मुग्लिन : वर्षासगैँ पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी भएको छ । बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो खसेपछि गाडी एकतर्फी मात्र चलिरहेका छन् ।बर्षा रोकिएसगैँ अहिले पहिरो हटाउन सुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले बताउनुभयो । अन्य ठाउँमा पनि स-साना पहिरो खसेको उहाँले बताउनुभयो । पहिरो हटाउन सुरु भएको र केहीबेरमा दुई सञ्चालनमा आउने उहाँको भनाइछ ।