इच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख ३५ हजार

इच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख ३५ हजार

कुरिनटार,१० असार । चितवनको इच्छामाना गाउँपालिको गाउँसभामा ६७ करोड ४४ लाख ३५ हजार बजेट पेश भएका छन् । शुक्रबार आर्थिक बर्ष २०७९/८० का लागि ६७ करोड ४४ लाख ३५ हजार प्रस्तावित बजेट प्रश्तुत गरेका हुन् ।

गाउँपालिका प्रवक्ता नर बहादुर नेपालले प्रस्ताव गर्नुभएको बजेटमा चालु तर्फ ३६ करोड ९४लाख ९६ हजार रहेका छन् । पुँजीगत तर्फ ३० करोड ४९ लाख ९६ हजार रहेका छन् ।

यसैबिच गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेका छन् । उपाध्यक्ष माया सिलवालले आर्थिक बर्ष २०७९÷८०को नीति तथा कार्यक्रम प्रश्तुत गर्नुभएको थियो । उक्त निति तथा कार्यक्रम गाउँसभाले पारित गरेको हो । नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा , स्वास्थ्य कृषि र पर्यटनलाई जोड दिइएको छ ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आगमाी असार २४ बस्ने गाउँसभा बैठकले उक्त बजेट पारित गर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँसभाको समुउद्घाटन गर्नुभएको हो ।