पृथ्वीराजमार्ग पुन : अवरुद्ध

कुरिनटार : पृथ्वीराजमार्ग पुन : अवरुद्ध बनेको छ । पहिरो हटाई दुइतर्फी सुचारु गरेको केहीबेरमै पुन पहिरो खसी राजमार्ग दुइतर्फी अवरुद्ध बनेको हो । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुइतर्फी सुचारु गरेका थिए । सडक सुचारु भएको केही छिनै मै पुन : सोही ठाउँमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिरो पञ्छाउन सुरु भएको छ ।
