चितवनमा पेस्तोल सहित एक जना पक्राउ

चितवनमा पेस्तोल सहित एक जना पक्राउ

चितवन ,१२ असार । चितवनमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–८ घर भई हाल भरतपुर–५ मा डेरा गरि बस्ने वर्ष ३२ का प्रकाश वि.क.लाई प्रहरीले आज (आइतबार) बिहान पेस्तोलसहित कोठाबाट पक्राउ गरेको हो ।
गत जेठ २३ गते भरतपुर–४ बाट कटुवा पेस्तोलसहित पक्राउ परेका दिपक पुन मगरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको बेला वि.क.लाई पक्राउ गरिएको हो । वि.क.को कोठा खनतलासी गर्दा कटुवा पेस्तोलसहितका विभिन्न सामग्रीहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकरीले जानकारी दिनुभयो । प्रवक्ता अधिकारीका अनुसार कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली २ राउन्ड, १ लाख १४ हजार रुपैयाँ नगद, सुनको लकेट सहितको सिक्री एक थान, मोवाईल ५ थान बरामद गरिएको छ ।
वि.क.लाई अदालतबाट म्याद अनुमति लिइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी हातहतियार खरखजना कसुरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता नरहरि अधिकारीको भनाई छ ।