नारायणगढ – मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ – मुग्लिन सडक दुइतर्फी सञ्चालन

चितवन :   बर्षासगैँ लेदो  झरेर अवरुद्ध  बनेको  नारायणगढ – मुग्लिन सडक दुइतर्फी सञ्चालनमा  आएको छ ।  जिल्ला  प्रहरी कार्यालय चितवनका अनुसार आज  बिहान २:  ४५ बजे   भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुइतर्फी अवरुद्ध  बनेका  थिए । लेदो हटाएर  बिहान ५ :  १० बजे  दुइतर्फी सुचारु  गरिएको सडकमा पुन ६ :  १० बजे लेदो झरेपछि एतर्फी बनेका  थिए ।  अहिले  ६ : ३० बजेबाट  लेदो हटाएर सडक दुईतर्फी  सञ्चालन गरिएको  जिल्ला  प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी  नायब  उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो।