नाग्दीखोलामा पहिरो सफा गर्दै गरेको लोडरमाथि ढुंगा खस्यो लोडरमा क्षती अपरेटर सुरक्षति।

नाग्दीखोलामा पहिरो सफा गर्दै गरेको लोडरमाथि ढुंगा खस्यो  लोडरमा क्षती अपरेटर सुरक्षति।

कुरिनटार- पृथ्वीराजमार्गको नौविसे-मुग्लिङ सडकखण्ड अन्तर्गत मुग्लिङ नजिक नाग्दी खोलामा खसेको पहिरो सफा गर्दै गर्दा माथी बाट झरेको ढुंगालागेर सडक डिभिजन कार्यलय चितवनको लोडरमा क्षती पुराएको छ।                                                                                         नाग्दी खोला नजिक खसेको ठूलो पहिरो नजिकै खसेको अर्को पहिरो हटाउने क्रममा माथी बाट ढुंगा खसेर सडक डिभिजन कार्यालय चितवनको बा.प्र.०१–०० ग ४०५४ नम्बरको लोडरलाई क्षति पुर्‍याएको तर लोडरका अपरेटर बासु दुलाल भने सकुसल रहेको प्रहरीले जानकारी दिएको हो । सडक डिभिजन कार्यलयले पृथ्वी राजमार्ग र नारायणघाट मुग्लिङ सडक खण्डमा बारम्बार पहिरो खसेको कारण रोड सफा गर्न ३ वटा हेब्बी लोडर र एउटा ब्याक लोडर तयारी अबस्थामा राखेर अबरोध हटाउदै आएको थियो।