चितवन क्षेत्र नम्बर २ मा कांग्रेस ‘हेभीवेट नेता पौडेलसगैँ कैलाश कोइराला पनि चर्चामा

चितवन क्षेत्र नम्बर २ मा कांग्रेस ‘हेभीवेट नेता पौडेलसगैँ  कैलाश कोइराला पनि चर्चामा

चितवन :  सधै चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले चितवन को राजनीति चुनाब नजिकिय सगै भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ ।

सधै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला समेत रहेको चितवनमा यसपटक कांग्रेसबाट ‘हेभीवेट’ उम्मेदवार भित्रिने चर्चा चुलिएको हो ।

चितवनबाट चुनाव लड्ने भनेर चर्चामा रहेका कांग्रेसका ‘हेभीवेट नेता हुन्, रामचन्द्र पौडेल हुन् ।

त्यसो भए, पौडेलले कुन क्षेत्रबाट चुनाव लड्ने सम्भावना छ त ? अघिल्लोपटक चितवन– २ बाट उम्मेदवार बनेका शेषनाथ अधिकारीको गृहक्षेत्र पनि यही हो ।

चितवन २ मा रामचन्द्र पौडेलको चर्चा

चितवन क्षेत्र नम्बर २ बाट २०७४ मा वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल विजयी भएका थिए । पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए ।

यही क्षेत्रबाट नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने चर्चा चलेको हो । तनहुँबाट चितवन झरेका रामचन्द्रका दाजुभाइ तथा आफन्तहरू पनि यही क्षेत्रमा छन् ।

त्यसैले पनि पौडेल चितवन जाने चर्चा चलेको हो ।

तर, रामचन्द्र पौडेल निकट स्रोत भने पौडेल तनहुँ– १ बाटै चुनाव लड्ने दाबी गर्छ ।

‘चितवन त के उहाँ तनहुँ– २ मा पनि जानुहुन्न,’ पौडेल निकट स्रोतले भन्यो, ‘उहाँले तनहुँ– १ बाटै चुनाव लड्ने गरी तयारी अगाडि बढाइसक्नुभएको छ ।’

चितवन क्षेत्र नम्बर २ बाट रामचन्द्र पौडेल नयाँ ‘हेभीवेट’ कांग्रेस नेता राम चन्द्र पौडेल नाअयको खण्डमा यो क्षेत्रमा कांग्रेसका पूर्व जिल्ला उपसभापति एवं बाग्मती प्रदेश कार्य सम्पादन समिति सदस्य कैलाश कोइराला, पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र जिल्ला सभापति राजेश्वर खनाल पनि आकांक्षी छन् ।

बाहिरबाट हेभीवेट उम्मेदवार नभित्रिएको खण्डमा कांग्रेसका पूर्व जिल्ला उपसभापति एवं बाग्मती प्रदेश कार्य सम्पादन समिति सदस्य कैलाश कोइराला, उम्मेदवार बन्न सक्ने कांग्रेस स्रोतले बतायो । कैलाश कोइराला भनेको चितवन क्षेत्र नम्बर २ का स्थाई बासिन्दा स्कुल कलेज को बेला देखि नै राजनीति गर्दै चितवन जिल्ला मा राम्रो पकड बनाई कांग्रेस का कार्यकर्ता लगायत अन्य मतदाता राम्रो सग घुलमिल हुनसक्ने भयकोले पनि कोइराला लाई यदि बाइपास गरेर जान खोजेको खण्डमा चुनाब मा मतदाता निरास हुनुको साथै चुनाबी चहल पहल मा पनि असर पर्ने आकलन कांग्रेस स्रोतको बुझाई छ ।

तर चितवन क्षेत्र नम्बर २ बाट हेभीवेट उम्मेदवार भित्रिएको खण्डमा यी नेताहरूलाई प्रदेशसभातर्फ व्यवस्थापन गर्ने सम्भावना देखिन्छ ।