इच्छाकामना साहित्य प्रवाहको अध्यक्षमा एकराज शर्मा चयन

कुरिनटार : इच्छाकामना साहित्य प्रवाह इच्छाकामनाको अध्यक्षमा एकराज शर्मा पोखरेल चयन हुनुभएको छ । शनिबार सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा सम्पन्न साधारण सभाले शर्मालाई अध्यक्षमा चयन गरिएको हो ।
यसैबिच उपाध्यक्षमा रामानाथ त्रिपाठी, सचिवमा शंकर सिलवाल र कोषाध्यक्षमा रोहिणी त्रिपाठी चयन हुनुभएको छ । वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो
अन्य सदस्यहरुमा रामजी त्रिपाठी, विकास त्रिपाठी,सरस्वती पोखरेल, अर्जुन बहादुर खत्री र भगवती अर्याल चयन हुनुभएको छ ।
। साथै यस इच्छाकामना साहित्य प्रवाहको निर्वतमान अध्यक्ष कृष्णप्रसाद पोखरेल संरक्षकमा रहनुभएको छ ।
वडाध्यक्ष उप्रेतीले साहित्य भनेको समाजको ऐना भएकाले यस संस्थालाई आफु र गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रकाश अधिकरी,कृष्णप्रसाद सिलवाल, सावित्री गुरुङ, तेजविलास अधिकारी लागायतले मन्तव्य राख्नुभएको थियो ।
